Kathmandu:-
Header01.jpg

dharmik konsavaधार्मिक आन्दोलनको सुरु
दमक / बुधबार, २७ श्रावण २०७२ 
नेपालको संविधानमा पहिचान र धर्म निरपेक्षता कायम गराउन किरात धर्मको अगुवाईमा धार्मिक संस्थाहरुले बृहत धार्मिक आन्दोलन सुरु गरेको छ । यसरी धार्मिक आन्दोलनको पहिलो चरण अन्र्तगत श्रावण २६ गते का“कडभितादेखि इटहरीसम्म मोटर साईकल ¥याली गरेको थियो ।

सोही अवसरमा विभिन्न ठाउ“मा कोण सभा गरी झापाको विर्तामोडस्थित मुक्तिचोकमा नन्दकुमार नेम्वाङ, झापाको सुरुङ्घा चोकमा जितेन पंधाक, मोरङको पथरी चोकमा सेसेहाङ फियाक र सुनसरीको इटहरी चोकमा विक्रम वनेमले समापनको संम्बोधन गरेको थियो । 

यसरी मोटर साईकल ¥यालीलाई सम्बोधन गर्दै धार्मिक वक्ताहरुले नेपालको संविधान मूल मस्यौदा २०७२ ले आम नेपाली जनताहरुको माग, चाहानालाई संम्बोधन नगरी बहुजाति, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक देशमा धर्म सापेक्ष वा स्वतन्त्रताको नाम दिदै पुनः हिन्दुवादको मुद्धा उठाएकोले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राज्य कायम गर्नु पर्ने बताएको छ । वक्ताहरुले भने अन्तरिम संविधानले अनुमोदन गरेको धर्म निरपेक्ष राज्यमा आज राजनीतिक चलखेल भईरहेकोले पहिचान र धर्म निरपेक्षता कायम गर्नका लागि किरात धर्म लगायत आधा दर्जन धार्मिक संगठन र पहिचानवादी आदिवासी जनजाती संघ संस्थाहरु सडकमा उत्रिन्न बाध्य भएका छन् । यी जातीय र धार्मिक द्धन्द्व समेत सुरुवात गर्ने छ ।

त्यसैगरी आन्दोलनको दोस्रो दिन २७ गते शान्ति ¥याली दमकको पशुहाटदेखि सुर्तिलाइन, लाइफलाईन, मामाचोक, फाल्गुनन्द चोक पुगेर नगरपालिका, पुरानो सब्जी वजार हु“दै गणतन्त्र चोकमा पुगी धार्मिक सभामा परिणत भएको थियो । सो सभामा पहिचान र धर्म निरपेक्षताका लागि धार्मिक आन्दोलनका संयोजक डकेन्द्रसिंह थेगिम, सह संयोजक केहेरसिं योङहाङ लगायत विभिन्न धार्मिक र जातिय संघ संस्थाका प्रतिनिधिहरुले संम्बोधन गर्नु भएको थियो । 

तस्बीरःसुमन लाओती

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

बि.बि.सि. नेपाली सेवा

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 39 guests and no members online