Kathmandu:-
Header020.jpg
Saturday, 14 February 2015 19:37

कसले उचाल्ला कप । Featured

Written by - माङसेबुङन्यूज
Rate this item
(1 Vote)
फोटः आन्छुमे नशान, माङसेबुङ । फोटः आन्छुमे नशान, माङसेबुङ ।

माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार
जारी पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगितको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ दिनको २ बजेदेखि माङसेबुङ खेल मैदानमा आमने सामने हुँदै छन्  । ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कसले उचाल्ने भन्नेमा यतिबेला विभिन्न अड्कलबाजी चलिरहेको छ । 

कपको दर्बिलो दाबेदारीको रुपमा लिइएको न्यू स्टार अन्डर १४ राष्ट्रिय टोलीका दुई खेलाडीसहित मैदान उत्रदैँ छ । न्यू स्टारका कोच विरोज मगर कप उचाल्नेमा निर्धक्क छन् । उनमा अन्डर १४ राष्ट्रिय टोलीका कप्तान सरु सुब्बामा पूरापूर भर छ । उनी भन्छन्, ‘हामीसँग अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव भएका खेलाडी छन् । खेल जित्नेमा ९० प्रतिशत विश्वस्तछु ।’ उनको भनाई विश्वास गर्नका लागि न्यू स्टारसँग राष्ट्रिय टोलीका गोल रक्षक सम्झना बस्नेत, अन्डर १५ राष्ट्रिय टोलीका खेलाडी अस्मु लिम्बू पनि छन् । साथै पूर्वाञ्चल टोलीका खेलाडीहरुको बर्चश्व छ ।

उता कपका अर्का दाबेदार टिम कर्णसिं पनि अन्डर १४ का र पूर्वाञ्चल टोलीका खेलाडीसहित मैदानमा उत्रदैँ छ । कर्णसिंसँग पनि अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेकी अनुसा थेबे र छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुको बर्चश्व छ । टोलीका कप्तान छम्बु गुरुङ भन्छिन्, ‘खेलमा यसै भन्न सकिन्न । तर, कसरी खेल जित्ने भन्ने रणनीति हामीले बनाएका छौं ।’ 

दुवै टोली पहिलो चरणमा बाई पोलमा रहेकाले सिधै सेमी फाइनलमा प्रवेश गरेका थिए । न्यू स्टारले राष्ट्रिय टोली, विभागीय टोलीका खेलाडी सहभागी भएको टिम फाल्गुनन्द बोर्डिङ स्कूललाई ३–१ को अन्तरले स्तब्ध पारेर उच्च मनोबल बटुलेको छ । उसले राष्ट्रिय टोलीका कप्तान मन्कु लिम्बूले नेतृत्व गरेको टोलीलाई अप्रत्यासित रुपमा प्रतियोगिताबाट पाखा लगाएको थियो । उता कर्णसिंले पनि राम्रा खेलाडीहरु सम्मिलित आयोजक बीलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै राम्रो लयमा प्रदर्शन गरेको छ । शारीरिक रुपमा बलिया देखिएको कर्णसिं टेक्निकल रुपमा राम्रो न्यू स्टारबीच कस्तो परिणाम आउने हो यसै भन्न सक्ने अवस्था छैन ।

शुरुदेखि नै खेल हेरिरहेको कविन लाओती ताप्लेजुङले जित्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘सेबेन साइजको खेल मैदानमा पावर गेम टेक्निकल भन्दा भरपर्दो हुन्छ । ताप्लेजुङसँग पावर गेम छ ।’ तर, कल्पना साउदेन भने न्यू स्टारले कप उचाल्नेमा निर्धक्क छन् । मोरङसँग टेक्निकल खेल रहेको उनको दाबि छ ।

Read 2921 times Last modified on Sunday, 07 June 2015 09:37

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

बि.बि.सि. नेपाली सेवा

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 45 guests and no members online