Kathmandu:-
Header08.jpg
Tuesday, 10 February 2015 17:11

पवित्रहाङमा साँबा रनिङ गोल्ड कपको पाँचौ संस्करण शुरु । Featured

Written by - माङसेबुङन्यूज
Rate this item
(1 Vote)
फोटः आन्छुमे नशान, माङसेबुङ । फोटः आन्छुमे नशान, माङसेबुङ ।

वि.सं. २०७१ माघ २५ आइतबार
माङसेबुङ/मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको ५९औं जन्मोत्सवको अवसरमा आयोजित महिला फूलबल पवित्रहाङमा साँबा रनिङ गोल्डकपको पाँचौं संस्करण आजदेखि शुरु भएको छ ।

आज सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन फाल्गुनन्द बोर्डिङले आयोजक ए लाई १३–० गोल अन्तरले पराजित गरेको छ । राष्ट्रिय टोली र पूर्वाञ्चल टोलीका खेलाडीहरुको बर्चश्व रहेको फाल्गुनन्दले पहिलो हापमा २ गोलको अग्रता लिएको थियो । दोस्रो हापमा निरिह आयोजक टोलीमाथि १२ गोल भएको थियो । फाल्गुनन्दका लागि संरचना प्रधानले ५, मधु मुखियाले ४, दीपा न्यौपाने २, मुना लिम्बूले १ र मेका खजुमले १ गोल गरेका थिए ।

खेलमा ताप्लेजुङ, मोरङ, इलामका ६ वटा टिम सहभागी छन् । सहभागी टिमहरुमा कर्णसिं यूवा क्लब, ताप्लेजुङ, सुर्के स्र्पोटिङ क्लब मंगलबारे, इलाम, फाल्गुनन्द बोर्डिङ स्कूल, माङसेबुङ र आयोजकको ए र बि रहेका छन् ।

गोल्डकपको फाइनल खेल फागुन २ गते माङसेबुङ खेल मैदानमा हुने किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष राजेन्द्र खजुमले जानकारी दिनुभएको छ । पवित्राहाङमा गोल्डकपको विजेताले कपसहित ५०,०५९ रुपैयाँ र उपविजेताले कप र ३०,०५० रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले २,५५९ र सर्वाधिक गोलकर्ताले २,५५९ रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

अङसीमामाङको जन्मोत्सवमा फूटबलका साथै म्याराथुन, खप्पी, ज्याबलिङ थ्रो, हाँडी फूटाउने, छेलो, धनुकाँड, म्जुजिकल चियर र लठ्ठा तान्ने खेलहरु रहेका छन् ।

Read 2926 times Last modified on Wednesday, 03 June 2015 19:14

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

बि.बि.सि. नेपाली सेवा

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 35 guests and no members online