Kathmandu:-
Header015.jpg
Friday, 23 October 2015 13:09

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ को शुभकामना सन्देश Featured

Written by
Rate this item
(1 Vote)

दमक नेपाल/शुक्रबार, ०६ कार्तिक २०७२
किरात धार्मिक पर्व
महागुरु फाल्गुनन्द जयन्तीको शुभकामना
दिन प्रतिदिन विश्वमा भयावह घटनाक्रम बढ्दो छ। कल्पनाभन्दा बाहिरका रोगहरुले, विविध तवरका दुर्घटनाहरुले अनि विभिन्न सोचले विभिन्न नाममा गरिएका संघर्षहरुले विश्व नै आक्रान्त, तनावपूर्ण अवस्थामा रहेको छ ।

यसको रोकथाम र निदानका सम्भावनाका मार्गहरु खोज्ने क्रम जारी छ। भौतिक र आध्यात्मिक क्षेत्रका व्यक्ति र संस्थाहरु यसैमा अहोरात्र खटिरहेका छन्। तैपनि, चिन्तामुक्त भविष्यको कल्पनासम्म पनि गर्न सक्ने अवस्था बन्न सकेको छैन।

यस्तो विषम परिस्थितिमाझ किरात धर्म दर्शनदाता, किरात समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको 131औं जन्मजयन्ती विश्वभर किरात पर्वको रुपमा मनाउने औपचारिक थालनी यसै वर्षबाट सुरु हुँदैछ। विश्व शान्ति र मानव एकताको दर्शन दिनुहुने वहाँका माङइङघङहरु, माङसिवाखाहुनहरु तथा वहाँले संहिताकृत गर्नुभएको तथा मैले परिमार्जन एवं सम्पादन गर्दै गरेको किरात साम्जीक मुन्धुम यो अशान्त वातावरणको निमित्त अचुक औषधी हुनेछ

संसारलाई सुन्दर फूलबारी बनाउने मेरो सपना विश्व शान्ति र मानव एकता कायम भए मात्र हुनेछ। विश्व हाम्रो घर हो। यसलाई हामीले नै माया गर्नुपर्छ। संरक्षण संवद्र्धन गर्नुपर्छ, मलजल गर्नुपर्छ। यसलाई अहित हुने कुनै किसिमको कार्य गर्नु हुँदैन। आफ्नो स्वतन्त्रताको उपभोग गर्दा अर्काको स्वतन्त्रताको हनन गर्नु हुँदैन। एक आपसमा माया, प्रेम, सहयोग र सद्भाव कायम भइरहे मानव एकता भइरहन्छ। यही सुमधुर सम्बन्धले नै विश्वमा शान्ति छाउँछ। जीवनको पवित्रतामा माङको बास हुने हुनाले हामी माङका सन्तानहरुले माङजस्तै कार्य गरौं। तब, हामी स्वत: फगिया लाम (सुमार्ग) तर्फ अग्रसर हुन्छौं। र, हत्या, हिंसा न्यून भएको शान्त समाजको परिकल्पना गर्न सक्छौं। सत्यको बाटो अपनाऔं, सत्य सधैं एक्लो हुन्छ, यो थोरै हुन्छ तर यसको सधैं जीत हुन्छ। तसर्थ, सत्य चिताएर हरेक काम गरौं माङले आफै पूरा गर्छ।

मेरो जिजूबाजे फाल्गुनन्दका जन्मदिनको अवसरमा विश्व शान्ति र मानव एकतालाई अक्षुण राख्ने कार्यमा सबैलाई माङले सद्बुद्धि देओस्, सुख शान्ति मिलोस्, कुनै किसिमको दैवी प्रकोपको शिकार हुन नपरोस् भन्दै मेरा प्यारा चेलाहरु तथा शुभचिन्तक महानुभावहरुलाई शुभ आशीर्वाद दिन चाहान्छु।

सेवारो, जय किरात, तियाहा।
मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ

Read 1646 times Last modified on Saturday, 24 October 2015 20:00

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 37 guests and no members online