Header014.jpg
Suman Lawoti

Suman Lawoti

दमक, नेपाल / प्रकाशित मिति २०७२ मंसिर ३, 19 Nov 2015
फाल्गुनन्द जन्मजयन्तीको दिन कातिक २५ लाई राष्ट्रिय विदाको घोषणाको खुसियालीमा दमकको फाल्गुनन्द चौकमा माङलाङ केलाङ, दिवप्रज्वलन, हजारौंको संख्यामा उपस्थित । कार्यक्रममा किरात धर्म तथा साहित्य उथान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा,का पदाधिकारीहरुको साथमा, माताहत संस्था, साक्थिम्गेन, नालीफूङवा, थामेन्दीङमा, माङसेवासाबा, सुनुगेन थक्सुबा, किरात याक्थुङ चुम्लु दमक नगर समिति लगायतका प्रतिनिधिहरु समेतको उपस्थित रहेको थियो ।

माङसेबुङ नेपाल/ कार्तिक, ७ गते २०७२
किरातीहरको नोमाङगेन्ना सेवा तथा किरात धार्मिक पर्व मुबेक्वा सेवाको रुपमा आगामी मंसिर १८ गतेदेखि २० गतेसम्म बाँझो–९, माङसेबुङ इलाममा हुने समारोहलाई भव्यरुपमा सम्पन्न गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा १ हजार ५ सय ६२ सदस्यीय ‘‘मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह–२०७२ मुल आयोजक समिति गठन भएको छ । 

दमक, झापा / बुधबार, २७ गते साउन २०७२
सुमन लाओती
किरात धर्मावलम्बीको अगुवाइमा हिजो काकडभिट्टा देखि इटहरी सम्मको मोटर साइकल र्याली करिब ४ हजार भन्दा बढिको सहभागीता रहेको थियो । नेपाल को संविधानमा धर्म र पहिचान हटाएर हिन्दु राज्य स्थापित हुने भए पछि आन्दोलन चर्किएको हो ।

दमक/ २०७२ साल बैसाक २५ गते, शुक्रबार
हिजो बैसाक २४ को अवसरमा किरात धर्मावलम्बीहरुले शुभकामना आदान प्रदान साथै किरात चार्डको रुपमा मनाईको छ । सोही अवसरमा किरात धर्म गुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमाको सवारीमा झापाको दमक ३ स्थित बेल्डाँगी क्याम्पमा फाल्गुनन्द शालिक अनावरन सगै ८५ औ समाजसुधारको औपचारिक उद्धघाटन भएको थियो ।

ताप्लेजुङ / शुक्रबार, २० भाद्र २०७१
हिजो ताप्लेजुङको सिटिहलमा किरात धर्म गाउ जागरण अभियान पहिलो चरणको ताप्लेजुङ समापन प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

माङसेबुङ । जेष्ठ २५ गते २०७१
किराँत साम्यो साक्थिम्गेन पान्जुम्भोको पान्थर क्षेत्र नम्बर दुईमा सञ्जीव कुरुम्बाङको अध्यक्षतामा क्षेत्रीय समिति गठन भएको छ ।

गाउँ जागरण अभियानमा सहभागी बन्नुहोस्, धार्मिक शिक्षा लिनुहोस् । हार्दिक अनुरोध !
माङसेबुङ / ११ जेष्ठ २०७१, आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
विश्वमा विकृति र विसंगतिले दिन दुई गुणा रात चौगुना जरा गाड्दै गएको विषम् परिवेशमा किरात धर्मले अँगालेको विश्व शान्ति र मानव एकताको सन्देश छर्दै तपार्इ हाम्रो घरदैलो सम्म पुर्याउने हेतुले किरात धर्म गाउँ जागरण अभियान २०७१ प्रचारप्रसार समितिको घुम्ती टोली गाउँ प्रस्थान गरेका छन् ।

माङसेबुङ/ ११ जेष्ठ २०७१,
गएको २८ बैसाकमा फुलुङ्गी तिर्थ मार्ग  मर्मत तथा निर्माणको आर्थिक उपसमिति गठन भएको छ । बर्तमान किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको निर्देशनमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ समितिकै उपाध्यक्ष देउमान आङबुहाङ र किरात धर्म तथा साहित्य उथान संघका केन्द्रीय उपाध्यक्ष मोहनमान नेम्बाङ समेतको सहभागितामा आर्थिक उपसमिति गठन प्रकृया सम्पन्न भएको छ ।

 

माङसेबुङ/ ११ जेष्ठ २०७१,
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको प्रचार - प्रसार विभागिय समितिको वैठक संस्थाका उपाध्यक्ष देउमान आङबुहाङको निवास माङसेबुङमा सम्पन्न गरेको छ । विभागीय समितिका संयोजक नन्दकुमार नेम्बाङको अध्यक्षतामा भएको वैठक सह- संयोजक देउमान आङबुहाङ, सदस्य सचिव धनबहादुर फागो, सह सचिव अबोध अविरल, सदस्यहरु कुलबहादुर लाओती, सुमन लाओती, सरस्वता आङबुहाङ, रामभक्त ताम्लिङ रहेका छन् ।

विनिता नेम्बाङ/ इलाम
हामीलाई झापा आवत जावत गर्न सजिलो हुने भो, गत फागुन आन्तिम सातादेखि जीतपुरको फूलुङगी, नवमी मोटरबाटो मर्मत शुभारम्भ भएयता जीतपुर बासीले उत्सुकता साथ यो कुरा बताएका छन् ।

Page 1 of 2

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 200 guests and no members online