Kathmandu:-
Header012.jpg

 

धार्मिक आन्दोलनको बाध्यता                                                                            माङमिङसोहाङ लिङ्देन

नेपालको संविधान घोषणा गर्ने मिति जति नजिकिन्दै छ, त्यति नै यसका सम्भावनाहरुले मुलुक हरेक क्षेत्रबाट आन्दोलित बन्दैछ।
मुलुकको मुल कानुन संविधान जसको आधारमा रहेर अन्य कानुनहरुको निर्माण गरिन्छ। आज त्यही मुल कानुनको मस्यौदा नै जताततैबाट विवादित बन्न पुगेको छ। संविधान बनाउनकै लागि भनेर जनताको प्रतिनिधित्वको रुपमा चुनिएर गएकाहरु समेत दिग्भ्रमित भएका छन्। उनीहरु बीचमा भएको मतमतान्तर झन झन चुलिन्दै गएको छ। यद्यपि, केही राजनीतिक दलहरुले जनताको सही प्रतिनिधित्व नभएको आरोप लगाइरह“दा आफूलाई सही देखाउनेहरुबीच नै यतिखेर विभिन्न विषयलाई लिएर विवाद गहन बन्दै गएको छ। प्रतिनिधित्व भन्दा पनि कसको जातीय संख्या धेरै भन्ने अहम सवाल बन्दै जानाले ब्राह्मणवादी सोच हावी हु“दै गएको छ। र, पार्टीभित्रै पनि नदेखिने तर अनुभूति गर्न सकिने यो विषय अन्ततः वर्षौंदेखि दोहोरो मार सह“दै आएका भीडको रुपमा राखिएका नाममात्रका सभासदहरुले सडकमा छताछुल्ल पोख्न थालेका छन्। यस्तै आक्रोशबीच गत २४ गते विश्व आदिवासी दिवस सम्पन्न भयो।
यसरी एकातिर संसदभित्रै आन्दोलनको बाध्यता पालेका छन् पीडित सभासदहरुले। अर्कोतिर जनआन्दोलन भाग २ पछि बनेको संविधानले उल्लेख गरिसकेको धर्म निरपेक्ष राष्ट्र नेपाल भन्ने वाक्यांशलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएपछि उनकै इशारामा त्यसलाई हटाएर हिन्दू राष्ट्र बनाउनुपर्छ भन्नेहरुका कारण मुलुकको कुनै धर्म हुनुहु“दैन भन्नेहरुका निमित्त आन्दोलन बाध्यता बनेको छ।
विशेषगरी भारतीय जनता पार्टी नै नेपाललाई हिन्दू राष्ट्र बनाउनमा ठूलो धनराशी सहित लागिपरेको पुष्टि हु“दै गएको छ। विभिन्न कार्यक्रममा भारतबाट आएका सन्तहरुले बोल्ने गरेका भडकाउयुक्त वाक्यहरुले उनीहरु नेपाललाई धार्मिक रुपमा तहसनहस बनाउन चाहन्छन् भन्ने अलिकति मात्रै सोच्ने हो भने पनि बुझ्न सकिन्छ।
उनीहरुकै लहै लहैमा लागेर धर्मलाई व्यापार गर्ने तथा राजनीति गर्ने साधन बनाउने कमल थापा र खुमबहादुर खड्का जस्ताहरुको नेतृत्वले
 हिन्दू राष्ट्रको दिवास्वप्नमा रमाउने भीडले गरेको अप्रजातान्त्रिक तथा नैतिकहिन कृयाकलापहरुले गर्दा पनि उनीहरुको विचार नमान्नेहरुका लागि आन्दोलन बाध्यता बनेको छ। यस्ता नेताहरु, कमलनयनाचार्य जस्ता धार्मिक सम्प्रदाय भडकाउने धार्मिक गुरुहरुलाई सरकारले धार्मिक सद्भाव खलबलाएकोमा कारवाही गर्नु पर्ने हो। त्यस्तै, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय नेताहरु तथा उनीहरुको इशारामा आउने साधुहरुलाई कुटनीतिक कारवाही गर्नुपर्ने हो। तर, दुर्भाग्य त्यसो भएको छैन, र अहिलेको जस्तै ब्राह्मवादी सोच पालेर फेरि पनि एक धर्म, एक भाषा, एक संस्कार संस्कृतिले राज गर्छु भन्ने सोच पाल्नेहरु सरकारमा तथा त्यसको पृष्ठपोषक उच्च ओहोदाका कर्मचारीहरु भएसम्म हुन सक्दैन पनि। यस्तो विषम परिस्थितिलाई चिर्न पनि धार्मिक सहिष्णुता चाहने राष्ट्रवादी सम्पूर्ण नेपालीहरुको निमित्त आन्दोलन बाध्यता बनेको छ।
अहिलेको अवस्था नखाउ“ भने दिनभरिको शिकार खाउ“ भने कान्छा बाबुको अनुहार भने झैं भएको छ गैरहिन्दू धर्मावलम्बीहरुको निमित्त। हिन्दू अतिवादिहरुले मुलुकभर उत्तेजक भाषणहरु गर्दै, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सार्वजनिक रुपमा धम्की दिंदै, नाङगो तरवारहरु नया“ बानेश्वर जस्तो संवेदनशील स्थानमा देखाउ“दै अन्य धर्मावलम्बीहरुलाई धार्मिक युद्धको आह्वान गर्नाले यो नेपाली उखान जस्तै भएको छ। त्यसलाई थप मलजल गर्ने वर्तमान सरकारको नियत तथा कार्यले उनीहरुको निमित्त आगोमा घीउ थपे जस्तै बनेको छ। यसले गर्दा उनीहरुको चुनौती र सरकारको उनीहरुप्रतिको लगावलाई वास्ता नगरौं भन्दा संविधानबाट नै धर्म निरपेक्ष शब्द हट्ने निश्चित छ। उनीहरुको लागि बाटो खुला हुन्छ। र, गैरहिन्दूहरु सबै धर्महरु समान हुन्, सबैले समान अधिकार उपभोग गर्न पाउनु पर्छ, एकले अर्काको अस्तित्वलाई समान रुपमा स्वीकार्नु पर्छ तथा हिजो जस्तै विविधतामा एकता झैं विविध धर्म भएर पनि धार्मिक सहिष्णुतामा रही मुलुकको विकासमा लाग्नुपर्छ भन्ने सोच केवल सोच मात्र हुन पुग्नेछ। उदाहरणको लागि, बौद्ध धर्मावलम्बीहरुले आफैले पैसा उठाएर यही देशमा जन्मिनु भएको गौतम बुद्धको दुइ पाइला भनेर २ फुट जग्गा सुर्खेतको का“क्रेबिहारमा माग गर्दा सरकारले स्वीकृति दिएन र अहिले पनि सेफ्टि टैंकिमाथि बुद्ध लडिरहेको छ। तर, ठीक त्यसै बेला कमलनयनाचार्य नामक एक हिन्दू गुरुलाई आश्रम बनाउन भनेर त्यही सरकारले राष्ट्रको ढिकुटीबाट ४ करोड रुपैया“ दिएको थियो। यस्तो क्रम चलिरहन्छ।
मुलुकले किरात धर्म दर्शनदातालाई राष्ट्रिय विभूति घोषणा गर्ने तर सिलौटीको सेनाको तारबारभित्र वहा“को समाधिस्थल राख्ने, ज्ञानप्राप्त भूमि खत्रक्पालाई माइखोलालाई माथि नै थुनेर पानीविहीन सुख्खा बनाउने, दमक रा“के सडकखण्डलाई फाल्गुनन्द मार्ग घोषणा गर्ने तर दशकौं बित्दा पनि केही नगर्ने जस्ता अनेकौं क्रियाकलापहरु गर्नुलाई छुट दिइनेछ। जनताको करको पैसाले चलेको यो सरकारले सरकारी ढिकुटीबाट एकतर्फीरुपमा मनपरीतवरले गरिने यस्ता क्रियाकलापहरुको मौन समर्थन गरिराखिएको हुनेछ। र, आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा, लिपि, साहित्य, भेषभूषा आदि सबै विस्तारै लोप हु“दै जानेछ।
सरकार र अतिवादीहरुको क्रियाकलापलाई नस्वीकार्ने हो भने उनीहरुको भनाई र गराईको प्रतिवाद गर्नुपर्ने हुन्छ। जुन संघर्ष र आन्दोलन हुन्छ। स्वभावैले शान्तिको मूल मर्म बोक्ने धार्मिक संस्था तथा व्यक्तिहरुका लागि यो कठीन घडी हो। तैपनि यो बाध्यता बनेको छ कि चुनौतीको सामना गर्नुको अर्को विकल्प भनेको आत्महत्या नै हो। गैरअतिवादी हिन्दूहरुका अलावा विशेषतः अन्य धर्मावलम्बीहरु, त्यसमा पनि यही माटोमा जन्मि हुर्किएको किरात र बौद्ध धर्मावलम्बीहरुको निमित्त कि त हार स्वीकार्नु प¥यो र शदियौंको लागि उनीहरुको दास बन्नु प¥यो कि चुनौति स्वीकार्नु प¥यो र म मेरो धर्मको निम्ति जे पनि गर्न तयार छु भनेर सडकमा उत्रिनु प¥यो। यो भन्दा अर्को विकल्प छैन अब।
ठीक त्यस्तै द्विविधाको अवस्थामा शान्तिको उद्घोष गरिरहने किरात र बौद्ध धर्मावलम्बीहरु परेका छन्। तर, अन्याय सहनु पनि पाप हुने हुनाले पाप गर्नु भन्दा त धर्म नै गर्नुपर्छ। त्यसैले अब हिन्दू अतिवादीहरुको चुनौती र सरकारको हेपाहा प्रवृतिलाई आत्मसाथ गर्दै शान्तिपूर्ण आन्दोलनमा सडकमा उत्रिनै पर्छ। निश्चय नै यसले धार्मिक तथा जातीय सद्भाव र सहिष्णुता खलबलिन सक्छ। केही पाउनलाई केही गुमाउनु पर्छ रे आफ्नो हक अधिकारको लडाईंको निम्ति हामीले पनि यसलाई गुमाउनको लागि तयार हुनुपर्छ। त्यसैले शान्तिपूर्ण आन्दोलन भनिएको यो शान्तिपूर्ण नै रहिरहन्छ कि रहन्दैन यो धार्मिक सद्भाव खलबलाउने सम्बन्धित पक्ष र सरकारले हेक्का राख्नु पर्छ। किनकि, अब मुलुक धार्मिक द्वन्द्वको डरलाग्दो दलदलमा भासिन्दै गएको छ।

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 27 guests and no members online