बैठकमा संरक्षक योङहाङ जगत लिम्बू ,राष्ट्रिय समिति, साउदी अरबका अध्यक्ष यावा के.बि.लिम्बू पनि रियादबाट पाल्नु भएको थियो । सो बैठकमा योङहाङ जगत लिम्बूज्यूले नेपालको केन्द्रिय कार्यालयको वातावरण बुझदा हामी एकयवद्घता भएर जानु पर्ने कुरा बताउनु भयो । यावा ज्यूले भने, केन्द्रिय कार्यलयहरुका पदाधिकारीहरुबाट जानी नजानी हुन गएका गल्ती कमजोरी बाट हुन गएको जन गुनासो बारे प्रकाश पार्नु भएको थियो । संरक्षकज्यूले केन्द्रीय कार्यलय साथै माङसेबुङबाट बिभिन्न शुभ अशुभ समाचारहरु सम्पुर्ण सदस्यहरुलाई बताउनु भयो भने सम्पुर्ण क्रियासील सदस्यहरुलाई मिक्सेन सक् र प्रमाण पत्र चाडो बितरण गरी सक्नु पर्ने निर्देशनका साथै भबिस्यमा यसको मान्यता धेरै हुने कुराबताउनु भयो ।
समितिका महासचिव जबेगु दिलीप लिम्बूज्यूले भन्नु भयो, अब देखि एक आपसमा समन्वय हुनु पर्ने र यथा सक्दो बिभिन्न क्रियाकलापहरुमा पारदर्शिक रुपले अगाडि बड्नु पर्ने बताउनु भयो साथै केहि सदस्यहरुलाई सदस्यता प्रमाण पत्र बितरण गरिएको थियेा । यसै क्रममा समितिका कोषाध्यक्ष लावती राजेन्द्र कु. लिम्बूज्यूले कोषको आय बिय बारे सम्पुर्ण क्रियासील सदस्यहरुलाई अवगत गराउनु भएको थियो । साथै सम्पुर्ण सदस्यहरुलाई बैठकमा उपस्थित हुनु भइ संघको आर्थिक क्षेत्रमा टेवा पुर्याई संघलाई सहयोग गरिदिनको लागि अनुरोध सहित जानकारी गराउनु भयो । यसै क्रममा सल्लाहकार चेम्जोङ्ग प्रेम लिम्बूज्यूले पनि संघको प्रगतीको लागि केही ठोस कार्यक्रमहरु ल्याउदै अगाडि बड्नु पर्ने बताउनु भयो । यसरी किरात धर्म , दर्शन लिपीको लागि प्रत्येक महिनाको चौथो हप्ता शुक्रबार प्रशिक्षण संघ द्घारा सम्पुर्ण सदस्यहरुका साथै इच्छुक ब्यक्तिहरुलाई पनि प्रशिक्षण दिइ पास भएमा प्रमाण पत्र दिलाइने छ । यसरी सन्तोष जनक माङ सेवा गरी दम्माम समितिका अध्यक्ष पाहिम मान ब. लिम्बूज्यूले बैठक समाप्त भएको जानकारी गर्दै बैठक बिर्सजन गरिएको थियो ।
संम्बाददाता
तुम्बापो पुर्ण लिम्बू
प्र.कि.एकता सं. रा.स.साउदी अरब ।













































