Desktop content!
Text Size
Wednesday, May 22, 2013
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
Literature > मुन्धुम > साम्जिक मुन्धुम

मुन्धुम

मुन्धुममा सृष्टि वर्णन

There are no translations available.

मुन्धुममा सृष्टि वर्णन
मन प्रसाद थङलङ

उँधो म्वाङ उँभो भ्वाङ चारै तर्फशुन्य थियो। आकाश, वायु, चट्टान, अग्नि, जल, पञ्च तत्व केही पनि थिएन्। मुन्धुमी भाषामा मुहोप, खेहोप, भनिन्छ। त्यो शुन्य अवश्थामा हेर्दा नदेखिने, समाउदा नभेटीने निराकार सत्य पवित्रमाङ सृष्टिकर्ता मेन्निमाङ, मेन्धामाङ निस्से सेक्खा कुनोमाङ मालिङ्माङगेत माङओप्मा माङ ओत् तागेरा निङवा भुमाङमात्र थियो। उसले विभिन्न रुप सृष्टि गर्नु भयो। त्यस पछि पोरोक्मी यम्भामी माङको सृष्टि गर्नु भयो।

तागेरा निङवामुभाङको निर्देशन अनुरुप त्यो शन्य तामा हावाको सृजना गर्नु भयो। क्रमश हावा  फैलदै गयो र पुलको आकार भै तन्कियो । केही माथि गएर अडियो। त्यो नै आकाश बन्न पुग्यो उँधो भ्वाङ अडियो। हावा, धागो जस्तै बटारिन्दै झर्‍यो र क्रमशः बेग त्रि्र हुन थाल्यो । त्यो हावाको वेगबाट बालुवाका कोणहरुको सृष्टि हुन पुग्यो। मणी, जुहार, मोती, हिरा, नीलम जस्ता ढुङ्गाहरुको सृष्टि हँुदै गयो। जसलाई मुन्धुमले चियेङलुङ, थिन्दिनलुङ, थियेङलुङ, सियेङलुङ, थियेङघा, थिन्दिङलुङ, थाम्देङलुङ, सावात्लुङ, येत्फालुङ, वावोक्लुङ, वारेङलुङ, मुहिङलुङ भनेर उल्लेख गरेको छ ।

साम्जिक मुन्धुम अनुसार सृष्टिको प्रारम्भिक कालमा चट्टान मान्द्रो झै तन्कीयो र त्यस माथि जलको सृष्टि भयो चट्टानले वरिपरि घेरिन्दा माहासागरहरु बन्न पुग्यो। तागेरा निङवा भुमाङको आज्ञाले पोरोक्मी यम्भामीमाङले चट्टानहरु विछ्याउदै जाँदा मिवोक्लुङ, चियेङलुङ नामक ढुङ्गा आपसमा ठोकिन्दा आगोको झिल्का उछिटियो। त्यो उछिटिएको झिल्का चुम्बकीय शक्तिका कारण आकाशमा अडिएर प्रकाशमय बनेर रहयो जसलाई तेतिस कोटी तारामण्डल, चन्दर््रर्सय भनिन्छ। वाबोक्लुङ, वारेङलुङ नामक ढुङ्गाबाट थोपा-थोपा पानी निस्कन थाल्यो। त्यो पनि अन्तत र्सवत्र फैलियो मुदाकलुङ ताक्फा, मुगप्लुङ नामक ढुङ्गाको सृष्टि गरी पानीलाई वार्न थाल्यो । त्यसपछि क्रमशः माहासागरहरु बन्दै गयो। तागेरा निङवा भुमाङको आज्ञाले मुसोक्वालुङ, मुवेक्वामाङ र पोरोक्भी यम्मामीले पृथ्वीको सृष्टि गर्न सोच बनाए। नाम्नेती, लानेती चन्द्र, र्सर्ुयको किरणको डोरी, मदानी बनाएर माहासागरमा मन्थन गर्न थाल्यो, माहसागरवाट पानीको फिंज जम्न थाल्यो । त्यसलाई माटो नामकरण गरियो । त्यो माटो माहासागर माथि क्रमशः फनफनी परिक्रमा गर्न थाल्यो । जसलाई साम्जिक मुन्धुममा इक्सादिङ्ग खाम्वेक भनिएको छ र्।र् इ घुम्छ सा मासुको रुपमा बनिएको माटो, दिङ फुल्नु वा तन्किदै जानु, खाम माटो बेक  संसार, सिङगो ब्रमाण्डलाई बुझाउँछ। यसको अर्थ माटोको रुपमा सृष्टि भएको पृथ्वी निन्तर घुमिरहन्छ भन्ने अर्थ बोध गराउँदछ ।

पृथ्वीको सृष्टि त भयो तर पर्ूण्ा भएन् पुनः तागेरा निङवाभुमाङको आज्ञा अनुरुप पृथ्वीको अंग पुरा गर्न सुन, चाँदी, हिरा, मोति, जहार जस्ता विभिन्न धातुहरुको सृष्टि भयो । तर महासागर मन्थन गरी बनिएको पृथ्वी थिल्थिल् माटोलाई सुकाउन आकाशमा र्सर्ुयको तापक्रम र पृथ्वीमुनि -मिधुदिङ मिराक) अग्नि देवको सृष्टि गरी  पृथ्वीलाई तापक्रम दिई कडा बनाउने कार्य भयो । तर माटो चर्किने, फुट्ने कार्य जिउँका तिउँ रहृयो । यसलाई बलियो बनाउन तागेरा निङवाभुमाङको आज्ञाले पिच्चा साम्बोक दुबो र कुशको सृष्टि गरी पृथ्वीमा रोपियो । दुबो र कुश क्रमशः मौलाउँदै जाँदा माटोलाई बाँध्दै लग्यो । पृथ्वी फुट्नबाट सुरक्षित हुन पुग्यो । पृथ्वीमा तापक्रम क्रमशः बढ्दै जाँदा दुबो र कुश पनि मर्ने अवश्थामा पुगेपछि तागेरा निङवाभुमाङको आज्ञा अनुरुप यम्भामीमाङले सुनको छेलो बनाई छेलो हान्न थाल्यो । यो क्रम निरन्तर हुन थाले पछि पृथ्वी हल्लिएर पानी थोपा थोपा भई खस्न थाल्यो । यसलाई मुन्धुमले -पन्गेन्दीङ वाहित थासु) भनिन्छ । पानी खसेपछि दुबो, कुश मौलाउदै गयो पृथ्वी फुट्नबाट सुरक्षित भयो । तर पृथ्वी सुहाउदिलो भएन ।

तत्काल तागेरा निङवा भुमाङको निर्देशन अनुसार पृथ्वीलाई दर्विलो बनाउन र सुहाउँदिलो पार्न बिऊ, विजन दिई पृथ्वीमा र्छन लगायो । पोरोक्मी भम्वागीले विजन छरे त्यसबाट श्रीखण्ड र चन्दन वनस्पतिको सृष्टि भयो । फेरि दोस्रो पटक रोप्दा वर र पिपल उम्रियो । त्यसरी नै क्रमशः अन्य वनस्पतिहरुको सृष्टि हुदैजाँदा पृथ्वी हरियाली बन्दै गयो । पशु पंछि, जीव जन्तु वेगर वन सुहाउँदिलो भएन । वन सुहाउँदिलो बनाउन विभिन्न जातका जीव- जन्तु, पशु-पंछीहरुको सृष्टि गर्नु भयो । त्यसरी नै हिमालमा कस्तुरी, मृग, डाँफे, मुनाल, याक, चौरी, मैदान तिर गैडा, हात्ति, मिथुन, पानीमा खेल्ने माछा आदि जनवारहरुको सृष्टि भयो । यो गर साक्पित, फुङवित साम्मेन्दा फुङझेन्दा, साम्दाङवापु याम्मोगर तक्मिवा केन्द्रा सुम्पित, पाधुडेक्ङा माधुडेक्ङहा मेवोखे) भनि मुन्धुममा उल्लेख छ । प्राणीहरुको सृष्टि भएपछि बनजङ्गल त सुहाउँदिलो त भयो तर सबै अर्ध चेतना भएकाले सृष्टि सुहाउँदिलो हुन सकेन् ।

फेरि पोरोक्मी यम्भामी माङले यस पृथ्वी सुहाउँदिलो बनाउन तागेरा निङवाभुमाङकै स्वरुप बनाई चेतनशिल प्राणीको सृष्टि गर्न भक्तिभाव प्रकट गर्न थाले । तागेरा निङवाभुमाङले पोरोक्मी यम्भामीलाई शक्ति प्रदान भयो । त्यसपछि पोरोक्भी यम्भामीले सुन, चाँदी, हिरा मोति धातुहरुको आफु जस्तै सुन्दर स्वरुप बनाएर सुन, चाँदीको प्वाखले हम्कायो, घामको छोरा घाम भइस, जूनको छोरा जून भइस् अब उठ, जाग भने तर त्यो सुन्दर स्वरुपबाट केही आवाज ननिस्केपछि पोरोक्मी यम्भामी छक्क परे । फेरि उनै माङ तागेरा निङवाभुमाङ प्रति विन्ति गर्‍यो, निङवाभुमाङको आज्ञाले देवमालिङ्गोको खरानी पहेलो माटोको लेउ अनि ढुङ्गा, रुखको टोड्कामा जमेको पानीले मुछी सुन्दर स्वरुप बनाएर सुन चाँदीको प्वाखँले हम्काउदै घामको छोरा घाम भइस् जूनको छोरा जून भइस् भन्दा हुँ-हुँ भनि बोल्यो । ज्योतिवान स्वरुप बनाउँदा तिमी नबोल्ने जावो यो खरानी पानी लेउले बनाएर बोलाउँदा बोल्ने तँ थुक्क भनेर थुक्दा पुनः त्यो स्वरुप ढल्न पुग्यो यो अवश्था देखे पछि तागेरा निङवाभुमाङका आज्ञा अनुरुप वनमा गएर विभिन्न पाँच जातको फूलहरु सिजाँगोफुङ, सेक्मुरी फूङ, मुक्कुमफूङ, मिक्तिकके फूङ, वरुमफूङ भेला पारि दियो कलश बनाएर बाल्नु त्यसपछि त्यो मानवरुपी स्वरुपको शिर उर्ठाई दिनु अनि मात्र यो चोला उठ्छ तिमीले थुकक नभन्नु पर्ने थियो, भने पछि पोरोक्मी यम्भामीमाङले सोही निर्देशन अनुरुप माङगेन्ना गरीदिएपछि, त्यो मानव विउँझियो। त्यहीबाट माङगेन्ना गर्ने प्रचलन रही आयो। यसरी मानव सृष्टिको प्रारम्भ भयो ।

मुन्धुम अनुशार र्सवप्रथम मुजिङना, खेयङना नामक महिलाको सृष्टि भयो । मुजिङना खेयङना क्रमशः हर्ुर्किन्दै गयो । तरुनी पुग्यो । त्यो उराठ लाग्दो यौवनमा पुरुषको तृष्णा पैदा हुन थाल्यो । सेउ-सेउला खेल्दै पाउला बजाउँदै चारै दिशा घुम्न थाले तर कहि पनि पुरुष भेट्न सकेन । रुखको हाँगामा बसेर पाउला बजाउँदा सुस्तरी हावाको र्स्पश हुन थाल्यो, आनन्द अनुभूति हुन थाल्यो । अदृश्य पितारुपीमाङ हावाको रुपमा उपस्थित भई गर्भ रहन पुग्यो । दश महिना पुगे पछि एउटा बालकको जन्म भयो जसको नाम युक्पुङगेन सावागेन रहन पुग्यो युक्पुङगेन सावागेनले चार श्रीमती विवाह गरेर चार सन्तानको जन्म भयो । यो याम्भो र लाहाङदङना बेदगण र साङदाङखेवा लिङदाङ खेवा दानव गण भनि मुन्धुममा उल्लेख छ । देवगण नाम्यामीसा र दानवगण लासामीसा भनियो । यीनीहरु पृथ्वीमा बसोबास गर्न थाले तर मानवीय चेतनाको विकास लामो समय सम्म हुन नसक्दा अचेतन मानवहरुलाई चेतनशिल बनाउन, ज्ञान शिद्धि, ध्यान शिद्धि प्रदान गरी चेतनशिल बनाउन तागेरा निङवाभुमाङका निगाहले विभिन्न अङ्सीमाङहरुको जन्म अवतार हुदै आइरहेको छ ।  

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Who's Online

We have 16 guests online